२०८३ बैशाख १६ गते बुधवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न युके सरकारलाई आग्रह गरेका छन् । लुम्बिनीलाई समृद्ध प्रदेश बनाउन स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै यू. के. डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसंग मुख्यमन्त्री केसीले आग्रह गरेका हुन् ।