तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको मुख्य मुहानमा अज्ञात समुहले तोडफोड गरेको छ । गएराती १२ बजे अज्ञात समुहले तुलसीपुर खानेपानीको मुख्य मुहान रानीजरुवामा तोडफोड गरी क्षति पु¥याएको खानेपानी संस्थाका कोषाध्यक्ष भोला थापाले जानकारी दिनुभयो ।
खानेपानी पावर हाउसको मेन स्वीच, प्यानल बोर्ड, पानी सप्लाई गर्ने २५ हर्ष पावरका ३ वटा मोटर, ७ वटा सोलर पाता लगायतका सामानमा तोडफोड गरेको संस्थाका कोषाध्यक्ष थापाल जानकारी दिनुभयो । उहाँले भन्नुभयो,तीन लाख बढिको सोलर पाता र मोटरमा क्षति पुगेको छ । सबै गरेर पाँच लाख बढिको क्षति भएको थापाले बताउनुभयो । अहिले मेकानिकद्धारा मर्मतको काम भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी संस्थाले तोडफोडमा संलग्न पत्तालगाई कानुनी कार्वाहीको माग गरिएको छ ।